दफा
परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “आवश्यक सेवा” भन्नाले निम्नलिखित सेवा सम्झनुपर्छः–
(१) डाँक तार वा टेलिफोन सेवा,
(२) जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामानहरु ओसार पसार गर्ने यातायात सेवा,
(३) हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मरमत गर्ने कामसित सम्बन्धित सेवा
(४) हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने, राख्ने झिक्ने वा थन्क्याउने कामसित सम्बन्धित सेवा,
(५) मिन्ट वा सरकारी छापाखान सम्बन्धी सेवा
(६) हात हतियार, खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसित सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा, र
(७) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको अरु जुनसुकै सेवा ।

(ख) “हडताल” भन्नाले कुनै आवश्यक सेवामा काम लगाई राखिएका वा काममा नियुक्त गरिएका व्यक्ति समूह मध्ये सबै वा केही जवानले पूर्व आयोजनाद्वारा वा एकमत गरी सामूहिक रुपबाट सो काम बन्द गरेको वा सो काम गर्न वा चालू राख्न इन्कार गरेको सम्झनुपर्छ ।